देउवासँग सत्ता साझेदारी गर्न प्रचण्ड-नेपालको प्रस्ताव।

काठमाडौं:= नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव राखेको छ । प्रचण्ड र नेपाल वुधबार साँझ देउवालाई भेट्न बुढानिलकण्ठ पुगेर केन्द्रदेखि प्रदेशसम्म साझेदारी गर्ने प्रस्ताव गरेका हुन् ।  प्रस्तावका सम्बन्धमा देउवाले पार्टीमा छलफल गर्ने बताएका छन् ।