[ अभय दुबे ]
बारा := थारु पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाराले बुधवार कोल्हवीमा माघी मिलन कार्यक्रम सम्पन्न गरेको छ । थारु समुदायको नयाँ वर्षको रुपमा मनाउदै आएको यस अवसरको पुर्व सन्धयामा थारु पत्रकार संघ नेपाल बाराले बुधवार माघी मिलन कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर . २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले थारु जातीका उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दै आएको तर यसका लागि सबैको सहकार्यको आवश्यक्ता रहेको बताए । उहाँले एकै ठाउँमा उभिएर थारु समुदाय अनेक विचारमा विभावित हुदा खास मुद्धा ओझेल परेको वहाँको भनाइ रहेको थियो ।
यस्तै बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जात भन्दा वर्गीय विकासमा जोड दिनु पर्ने बताए । शिक्षा आजको विकासको मुल आधार भएकाले सबैखाले शिक्षामा जोड दिन वहो आग्रह गरेको थियो।



उक्त कार्यक्रममा थारु पत्रकार संघ नेपालका केन्द्रिय कोषाध्यक्ष दुष्यन्त चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रिय सदस्य रेनु चौधरी, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्याय , कोल्हवी नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष पुरनदेव प्रसाद चौधरी, थारु यूवा समाजसेवी बिरेन्द्र प्रसाद पनुहर , तामागढी वन व्यवस्थापन साझेदारीका अध्यक्ष रबिन्द्र पनुहर , सपही क्याम्पसका संचालक समितिका अध्यक्ष रामप्रसाद चौधरी, सपही क्याम्पसका सभा अध्यक्ष एवं अनुपदिपनीका माध्यमिक विधालयका पूर्व प्रचार्य केवल प्रसाद चौधरी, कोल्हवी नगरपालिकाका उप नगर प्रमुख सुनैईना देवि थरुनी , थारु कल्याणकारीणी सभाका जिल्ला सभापती रामप्रसाद चौधरी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतकोले मन्त्वय व्यक्त गरेका थिए ।
थारु पत्रकार संघ नेपाल बाराका जिल्ला अध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन ज्ञानेन्द्र चौधरी तथा मिनाक्षी चौधरीले गरेको थियो भने स्वागतम मन्त्व्य नन्देश्वर चौधरीले गरेको थियो ।





















