मलेसियामा कोरोनाले मृत्यु हुनेको संख्या ५५९ पुग्यो, ठाउँ-ठाउँमा रोड ब्लक गरि चेकजाँचमा कडाइ।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) ले संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ५३३ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ५५९ जना पुगेको छ।

आज जनवरी २०२१ , १२ तारिख, मंगलबारको दिन कोरोनाको कारण थप ४ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या ५५९ जना पुगेको हो।

आजमात्रै पुनः ३,३०९ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज १,४६९ जना निको भएसंगै जम्मा १ लाख १० हजार ५८४ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म ३० हजार ३९० जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने १९० जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।

यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या र मर्नेको संख्या पुन: ह्वात्तै बढ्दै गैइरहेको देखाउछ।

[ photo source : malaysian health ministry department KKM ]

नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा अच्चानक पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, क्षेत्रमा आवागमन नियन्त्रण आदेश , लकडाउन यहीँ जनवरी १३ तारिखदेखी २६ तारिखसम्म दुई हप्ताको लागी कडाइका साथ जारी गर्नुको साथै आउदो अगस्ट महिना १ तारिख सम्मको लागी संकटकाल घोषणा गरिएको मलेसियाको प्रधानमन्त्री तान श्री मुहमदिन यासिनले बताएको छ।

तर यस् एमसिओ भित्र कोरोना संक्रमण उच्च रहेको क्षेत्रहरुमा आज राती १२:०० बजेदेखि ठाउँ – ठाउँमा रोड ब्लक गरि कडाइका साथ चेकजाँच गरिने साथै कोरोना सम्बन्धि एसओपी पालना नगर्ने लाई कडा कारवाही गरिने जनाएको छ।