क्वालालम्पुर ( मलेसिया ):= मलेसियामाबाट नेपाल फर्किनको लागि नेपाली लगायतको कामदार हरु मलेसियाको तेरेङ्गानु राज्यमा अवस्थित अध्यागमन बिभागको कार्यालयमा जाँदै गर्दा आज १२ तारिख, जनवरी २०२१ , मंगलबारको दिन बिहानको समयमा मलेसियाको सडक दुर्घटनामा परि एकजना नेपाली कामदारसहित अन्य दुई जना विदेशी कामदारको मृत्यु भएको छ।
सडक दुर्घटनामा परि मृत्यु हुनेमा नेपाल झापा जिल्ला निवासी नेपाली कामदार सतल सिंह मेचे हुन भने , दुर्घटना मा परि गम्भीर घाइते हुने जाजरकोट निवासी अम्बर बहादुर थापा रहेका छन।


सोही दुर्घटनामा परि मृत्यु हुनेमा एक बङंलादेशी नागरिक र एकजना पाकिस्तानी नागरिक पनि रहेका छन। तिब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भइ सडक को सुरक्षा पर्खालमा ठोकिन्न पुग्दा दुर्घटना भएको जनाइएको छ।
सडक दुर्घटनामा परि घाइते अम्बर बहादुर को स्वास्थ्य उपचार पछि खतरामुक्त रहेको अर्का एक नेपाली कामदार डम्बर बहादुर थापाले बताएका छन। मृत्यु हुने र घाइते हुने ती कामदारहरू आवश्यक कानुनी कागजी प्रक्रिया पूरा गरेर मलेसिया देखी नेपाल स्वदेश फर्किने तयारीमा रहेका थिए।




