बाराको श्री राम चरित्र मा.वि. मा पटक पटक चोरी, प्रहरी,प्रशासन मौन।

[ अभय दुबे ]

बारा := बाराको आदर्श कोतवाल गाउँपालिका–१ महेन्द्र आदर्श जयनगर चिउटाहा स्थित श्री राम चरित्र माध्यमिक विद्यालयको ३ वटा कम्प्युटर सेट आईतवार राती चोरी भएको छ ।

विद्यालयको झ्यालको रड भाचेर ३ वटा कम्प्युटर मोनिटर , ३ वटा सिपियु चोरी भएको विद्यालयका प्राचार्य दिनेश प्रसाद साहले जानकारी गराउनुभयो। विद्यालयमा जडान गरिएको २ वटा सिसिटिभि क्यामेरा समेत तोडफोड गरिएको र एउटा् क्यामेरा समेत चोरी जनाएको छ । ल्याव र वाईफाइको तार चुडालेर लगेकाले विधार्थी हरु लाई प्रदान गरिने कम्प्युटर शिक्षा संचालन गर्न कठिनाई भैइरहेको छ । साथै ल्याव र वाईफाइ सेवा समेत बन्द भएको छ।

विद्यार्थीको रिजल्ट सिट,मार्कसिट लगायतका महत्वपूर्ण डाटा कम्प्युटरसंगै चोरी भएकाले विद्यालय सञ्चालनमा असाध्यै समस्या झेल्नु परिरहेको प्राचार्य साहले बताउनुभयो। यो भन्दा पहिला विद्यालयमा कोरोना भाइरस नियन्त्रण गर्न क्वारेन्टाइन संचालन भएको अवस्थामा २०७७ वैशाखमा सिसिटिभि क्यामराको रिसिभर, इन्भटरका व्याट्रि र कम्प्युटर चोरी भएको थियो।

इलाका प्रहरी कार्यालय चिउटाहा विद्यालयसँग जोडिएर नजिकै रहे पनि विद्यालयमा निरन्तर चोरी हुने गरेको तर प्रहरी प्रशासन समेत मौन रहेकोले चिन्ताको विषय भएको भन्दै प्राचार्य साहले दु:ख व्यक्त गरे।

यता इलाका प्रहरी कार्यालयले भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो। चोरीको घटना रहस्यमय भएको स्थानीय अभिभावकहरुको भनाइ रहेको छ।