[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) ले संक्रमित हुनेको संख्या १ लाख ३८ हजार २२४ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ५५५ जना पुगेको छ।
आज जनवरी २०२१ , ११ तारिख, सोमबारको दिन कोरोनाको कारण थप ४ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या ५५५ जना पुगेको हो। आजमात्रै पुनः २,२३२ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज १,००६ जना निको भएसंगै जम्मा १ लाख ९ हजार ११५ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म २८ हजार ५५४ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने १८७ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।
यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या र मर्नेको संख्या पुन: ह्वात्तै बढ्दै गैइरहेको देखाउछ।

नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा अच्चानक पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, क्षेत्रमा आवागमन नियन्त्रण आदेश , लकडाउन यहीँ जनवरी १३ तारिखदेखी २६ तारिखसम्म दुई हप्ताको लागी कडाइका साथ जारी गर्ने निर्णय गरेको मलेसियाको प्रधानमन्त्री तान श्री मुहमदिन यासिनले बताएको छ।
तर यस् एमसिओ अवधी भित्र मानिस हरुले के-कस्ता नियम हरुको पालना गर्नुपर्छ ? के – के गर्न पाइन्छ , पाइदैन ? भन्ने एसओपी नियम , कानुनबारे भोलि जनवरी १२ तारिख मंगलबार मात्रै बिस्तृत रुपमा जानकारी गराउन सकिने यहाँको सरकारले सञ्चार माध्यम संगको कुराकानीको क्रममा बताएको छ।



















