विदेशी आगन्तुकहरु लाई इन्डोनेसिया प्रवेशमा प्रतिबन्ध।

एजेन्सी (इन्डोनेसिया) := इन्डोनेसियाले कोरोनाभाइरस संक्रमणको प्रसारणलाई नियन्त्रण गर्न विदेशी आगन्तुक, पर्यटकहरूमाथि लगाइएको प्रतिबन्धको अवधी थप गरेको छ।

इन्डोनेसिया सरकारको अर्थमन्त्रीले सोमबार स्थानीय सञ्चार माध्यम संगको कुराकानीको क्रममा बोल्दै भने, “पछिल्लो समयमा युरोपेली मुलुकहरुमा लगातार माहामारीको रुप लिएर फैलिरहेको नयाँ स्वरुपको कोरोना भाइरस खतरापूर्ण रहेकोले सजगता अपनाउदै जनवरी १ तारिखदेखि इन्डोनेसियामा आउने पर्यटक लगायत आगन्तुक हरु माथी लगाइएको यात्रा प्रतिबन्ध आजदेखी थप १४ दिन सम्मको लागी प्रतिबन्ध थप गरिएको बताए।”

आफ्नो देशको जनतालाई कोरोना भाइरसबाट जोगाउनु,स्वास्थ्यको ख्याल गर्नु सरकारको कर्तव्य रहेकोले कोरोना संक्रमण कम नहुन्जेलसम्मको लागी आगन्तुक हरु माथी थप १४ दिने प्रतिबन्ध लगाउनु परेको इन्डोनेसिया सरकारले जनाएको छ।