थारु समुदायको माघी पर्व,माघे संक्रान्तीको अवसरमा माघ १ गते सार्वजनिक बिदा।

काठमाडौँ := सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले माघी तथा माघे संक्रान्तिका अवसरमा सार्वजनिक बिदा दिने निर्णय ले गरेको हो।

माघ १ गते थारु समुदायले नयाँ बर्षको रुपमा माघी पर्व,तिला सङ्क्रान्ती,खिचरि, खिचडा, सुकराती र अन्य समुदायकाले माघे संक्रान्ति मनाउने गरेका छन्।