मिर्गौला प्रत्यारोपण गर्ने पैसा नहुँदा राष्ट्रिय क्रिकेटर कुन्दनको निधन।

काठमाडौं:= नेपाली क्रिकेटर कुन्दन सिंहको निधन भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज कुन्दनको निधन भएको जनाएको छ ।

मृगौला रोगबाट पीडित कुन्दनको २३ वर्षको उमेरमा जलेश्वर नगरपालिकास्थित आफ्नै घरमा निधन भएको हो । कुन्दनको दुबै मिर्गौला खराब भएको थियो ।

गत वर्षबाट उनले नियमित डाइलासि गराउँदै आएका थिए । कुन्दनले गत साउनमा कोरोनालाई भने जितेका थिए । आर्थिक अवस्था कमजोर भएका कुन्दनलाई आर्थिक सहयोग गर्न ’कुन्दन बचाउ अभियान’ समेत चलाईएको थियो ।

कुन्दनले दुई वर्ष अघि काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–२ बाट खेलेका थिए । कुन्दनको निधनले जिल्ला क्रिकेटमा क्षति पुगेको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले बताए। यता  नेपाल क्रिकेट संघ (क्यान) ले श्रद्धान्जलि व्यक्त गरेको छ।