[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसिया नेपालीहरुको लागी वैदेशिक रोजगारीको निम्ति प्रमुख गन्तव्य मानिने मध्यको एक देश हुन। मलेसियामा करिब-करिब ४ लाखको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको अनुमानित तथ्यांकले देखाउछ ।
मलेसियामा कार्यरत नेपाली श्रमिक विशेषगरि म्यानुफ्याक्चरिङ कम्पनी , सुरक्षागार्ड , कृषि , उत्पादन , निर्माण , आफ्नै निजि ब्यापार-ब्यवसाय लगायतको रोजगार क्षेत्रमा काम गर्दैआइरहेको छ। तर अच्चम के भने प्राय यहाँ कार्यरत नेपालीहरुको दिनैपिच्छे मृत्यु हुने गरेको पाइएको छ।
नेपाली दूतावास मलेसियाले जानकारी गराएअनुसार मलेसियामा गएको बर्ष सन् २०२० भरिमा मात्रै २७५ जना नेपालीको मृत्यु भएको छ।
दूतावासको साप्ताहिक कार्यक्रममा द्धितिय सचिव प्रतीक कार्की र श्रम सहचारी प्रकाश पन्थीले बोल्दै भन्नुभयो , “मलेसियामा गएको बर्ष सन् २०२० भरिमा २७५ जना नेपालीले विभिन्न कारणबँस ज्यान गुमाएका हुन्।”

मृत्यु हुने अवस्था मध्यमा सुतेकोसुत्यै भएर मर्नेको संख्या उच्च रहेको बताएका छ्न। बेलुका खाना खाएर सुत्ने तर बिहान उठाउन खोज्दा नउठ्ने अच्चानक रातीमा सुतेको बेला आईपर्ने हृदयघात (heart atack) को कारणले मृत्यु भएको नेपालीको संख्या उच्च रहेको दूतावासले जनाएको छ।
त्यस्तै मृत्यु हुने दोस्रो ठूलो कारणहरुमा आत्महत्या गर्ने नेपालीको संख्या पनि उच्च रहेको छ , भने अन्य कारणहरुमा सवारी दुर्घटना, लडाइ , झैँ-झगडा,अत्याधिक मदिरा सेवन,असन्तुलित खानपिन, शारीरिक अस्वस्थता, रोग लगायतको विविध कारणले मृत्यु हुने गरेको दूतावासले जनाएको छ।
# मलेसियाबाट मृत शव नेपाल पठाउन कति खर्च लाग्छ त ?
मलेसियामाबाट मृतकको शव नेपाल पठाउन लाग्ने खर्चबारे दूतावासलाई प्रश्न गर्दा , ” जवाफमा भने लगभग ४ हजार देखी ५ हजार सम्म शुल्क लाग्ने गर्दछन ।
अब शव पठाउन लागत शुल्क तिर्ने सम्बन्धमा यदि मृतक श्रमिक बैधानिक छ्न , पासपोर्ट र भिसा सबै छ्न शव नेपाल पठाउन लाग्ने सम्पुर्ण खर्च आफू कार्यरत रोजगारदाता कम्पनीले बेहोर्ने प्रावधान चलीआएको बताए। ।
यदि मृतक श्रमिक अबैधानिक ( इलिगल ) अवस्थामा छ्न भने , मृतकको आफन्त,परिवारले लागत खर्च ब्यवहोर्ने प्रावधान रहेको छ्न , तर मृतकको परिवारको आर्थिक स्थिती कमजोर भएको खण्डमा दूतावास र अन्य समाजिक संघसंस्थाको आर्थिक सहयोगमा मृत शव नेपाल पठाई सहयोग गर्ने गरेको दूतावासले बताउनुभयो।





















