[ राम अवतार चौधरी ]
कपिलवस्तु:= लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई नेपाली कांग्रेसको भातृ सगंठन नेपाल तरुण दल कपिलवस्तुको युवाहरुले कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेको छन् । जिल्लाको विजयनगरमा आयोजित कार्यक्रममा जाँदै गरेका मुख्यमन्त्री पोख्रेललाई तरुण दलका जिल्ला सचिव अमर पौडेलको नेतृत्वमा गणेशपुरमा कालो झण्डा र कालो पट्टि बाधेर बिरोध गरेको सचिव पौडेलले जानकारी दिए ।
यस क्षेत्रका संघीय सांसद अभिषेक प्रताप शाहको पहलमा निर्माण गरेको आरटिओ सडक मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्न जाँदै गर्दा नेपाल तरुण दलले कालो झाण्डा देखाएको युवा नेता अमर पौडेलले बताए । मुख्यमन्त्री सडक समुद्धघाटन गर्न आउने जानकारी भएपछि सांसद शाहले सामाजिक संजाल मार्फत उक्त सडक निर्माणमा आफ्नो पहलमा निर्माण भएको दाबी गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन विरुद्ध असंवैधानिक कदम बिरुद्द र सांसद शाहको पहलमा भएको सडकको मुख्यमन्त्रीले लिएको भन्दै कालो झण्डा देखाएको नेपाल तरुण दल कपिलवस्तुले जनाएको छ ।





















