नेपाल पर्यटन बोर्डद्वारा प्रदेश नं. २ मा आन्तरिक पर्यटन पुन:उत्थान समिती गठन।

[ अभय दुबे ]

बारा:= नेपाल पर्यटन बोर्डद्वारा प्रदेश नं. २ मा आन्तरिक पर्यटन पुनरउत्थान समिति गठन भएको छ। मनिष झा को संयोजकत्वमा १६ सदस्यीय समिति गठन भएको हो।

सो समितिका संयोजकमा मनिष झा, सदस्यहरुमा तबरेज आलम बुद्धि प्रसाद पन्त (पर्सा) राकेश रोशन गुप्ता, विष्णु शाह (सिरहा), शैलेश चौधरी, सम्भु यादव (सप्तरी), बिरेन्द्र शाह (धनुषा), हिराकाजी योन्जन, चुडामणी वाग्ले (सर्लाही), अरुण लामा, जयराम कुवँर, खड्गबहादुर बम्जन (रौतहट), दिपेन्द्र पराजुली (महोत्तरी), राधाकृष्ण घिमिरे, मोहन प्रसाद शर्मा (बारा) लगायतको गरि १६ सदस्यीय समिती गठन भएको हो।

सो समितिले आगामी दिनमा उचित, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमा प्रदेश नम्बर .२ मा पर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेका निर्णयकर्ता तथा नीतिनिर्माता माझ पर्यटनबारे बुझाई बढाउन, मुख्य सरोकारवाला निकायहरु बीच परिणाम मुखी समन्वय स्थापना गराउन, र देशका पर्यटन क्षेत्रका सरोकारवाला तथा स्रोत बजारका टुर अपरेटर्स र संभावित पर्यटकहरुबीच संचार गर्ने कार्यमा केन्द्रित रहने गरी पर्यटन प्रवर्द्धन गर्न तथा पर्यटन बिकास गर्ने युवा व्यवसायी एवं समाजिक अभियन्ता तबरेज आलमले जानकारी दिनुभएको छ।