[ युनिक यादव ]
बारा := नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो । बारा तथा पर्सा जिल्ला को पनि प्रहरी प्रमुख प्रहरी उपरीक्षक को सरुवा भएको छ ।
बारा का प्रहरी उपरीक्षक कृष्ण पंगेनी को महानगरीय अपराध महाशाखा काठमाडौँमा सरुवा भएको छ । उनको ठाउँ मा प्रहरी प्रधान कार्यालय घुम्ती पर्यटक प्रहरी कार्यालय नक्साल काठमाडौँमा कार्यरत दीपेन्द्र शाही आउने भएका छन् ।प्रहरी उपरीक्षक पंगेनी को बारा जिल्ला बसाई करिब १ वर्ष रह्यो ।
उनले बारा जिल्ला को कमाण्ड सम्हाले लगत्तै धेरै नै अपराधीक घटना तथा फरार प्रतिवादीहरु लाई नियन्त्रणमा लिन सफल भएका थिए । कोरोना महामारी मा पनि एसपी पंगेनी आफै संक्रमीत को ब्यवस्थापन मा खटिएका थिए । उनी बारामा आएपछि पत्रकार बिरेन्द्र साहको हत्याका मुख्य अभियुक्त लाई १२ वर्ष पछी पक्राउ गर्न उनको टिम सफल भएको थियोे ।१२ बर्षपछि खोलो फर्किन्छ भन्ने नेपाली उखान चलन चल्तीमा छ त्यही उखान पंगेनीले बारा बासी माझ फ्रस्टाएका थिए ।
त्यस्ता थुप्रै घटना मा फरार अभियुक्तहरु लाई उनको टिम ले नियन्त्रणमा लिन सफल भएको ले उनी बारा बासी को मनमा बस्न सफल भएका छन् । कुशल व्यबसायीक क्षमता प्रदर्शन गरी उत्कृष्ट प्रहरी ब्यवस्थापक पुरस्करबाट प्रदेश नम्बर २ कै उत्कृष्ट प्रहरी प्रमुखको रुपमा पुरस्कृृत भएका थिए । उनी जिल्ला प्रहरी बाराको प्रमुख भएर आए देखि जिल्ला लाई शान्ति सुरक्षा तथा आपराध रोक्न उल्लेखनीय भुमिका खेलेका छन् ।
त्यस्तै पर्सा कि प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त को केन्द्रीय अनुसन्धान व्युरो इन्टीलिजेन्स महाशाखा काठमाडौँ सरुवा भएको छ भने पर्सा मा अब महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानिपोखरी काठमाडौँमा कार्यतर प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे आउने भएका छन्।




















