दोहा (कतार):= कतारको दाेहामा रहेको नेपाली राजदूतावासले दोहाबाट काठमाडौंसम्म यात्रा गर्दा अन्य व्यक्तिको बहुमूल्य वस्तुहरू नबोक्न नेपाली समुदायमा अनुरोध गरेको छ।
कतारबाट नेपाल आउने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा प्रलोभनमा परि सुनलगायतका बहुमूल्य वस्तु ल्याउँदा नेपालमा विभिन्न समस्यामा परेको भन्दै दोहा स्थित नेपाली राजदुतावासले एक सुचना सार्वजनिक गर्दै ध्यानाकर्षण गराएको छ।
राजदूतावासले कतारमा आफूले खरिद गरेको सुनलगायत बहुमूल्य वस्तुको खरिद बिल सँगै लैजान अनुरोध गरेको छ। खरिद बिल साथमा नरहेका वा आफ्नो स्वामित्व प्रमाणित नहुने बहुमूल्य वस्तु बोकेको पाइएमा सामान जफतका साथै कारबाही पनि हुने भन्दै राजदूतावासले सम्पुर्णमा सचेत गराएको छ ।





















