टीकापुर राजबन्दी रिहाई राष्ट्रिय अभियानद्वारा सशक्त आन्दोलनको घोषणा।

कैलाली:= टीकापुर थरुहट थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाण्डौंमा पत्रकार सम्मेलन मार्फत दुई बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको अभिायनका संयोजक सुरेन्द्र चौधरीले जानकारी दिए ।

राजबन्दी रिहाई राष्ट्रिय अभियानले टीकापुर घटनालाई राजनीतिक सम्वाद र सहमति र निर्णयको आधारमा मुद्धा फिर्ता, खारेजी तथा आम माफी गरि बन्दीलाई निशर्त रिहाई गरिनु पर्ने र टीकापुर घटना लगायत मधेस र आदिवासी जनजाती आन्दोलनमा भएका घटनामाथि सत्यतथ्य छानविन गर्नका लागि पूर्व न्यायधीस गिरीसचन्द्रलालको संयोजकत्वमा न्यायीक छानविन आयोगको प्रतिवेदन, गृहमन्त्रालयद्वारा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानविन आयोगको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।


उक्त अभियानले सुरु गरेको आन्दोलनमा पहिलो चरणको आन्दोलमा मानवअधिकारकर्मी राजनीतिक दल तथा नागरिक समाज अगुवाहरुसंग अन्तरक्रिया, पुस २० गते देखि माघ ६ गते सम्म कञ्चदनपुर देखि पूर्व नवलपुर नवलपसारीसम्म र माघ २० गते सम्म चितवन देखि झापासम्म जनजागरण अभियान गर्ने जनाएको छ ।


त्यस्तै दोस्रो चरणको अभियान अन्र्तगत धर्ना बस्ने, प्रर्दशन र सिडियो मार्फत ज्ञापन पत्र बुझाउने, केन्द्रिय स्तरमा राजनीतिक दलका नेता, सांसद लगायत नागरिक समाजसंग संंवाद तथा लविङ गर्ने, तराई मधेशका सबै स्थानीय प्रतिनिधीहरुलाई पेनडाउन गर्न लगाउने, महिला संयन्त्र परिचालन गरि कुचो झाडु जुलुस सहित प्रर्दशन, युवा परिचालन मार्फत जिल्लाहरुमा लाठी जुलुस, कैलालीमा संयुक्त आमसभाको आयोजना गर्ने रहेको छ ।

अभियानमा साथ दिने संघसस्थाहरुमा जनता समाजवादी पाटी, आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपाल, थरुहट थारुवान राष्ट्रिय मोर्चा लगायतका २१ वटा पार्टी, संघसंस्था रहेका छन् ।