[ अभय दुबे ]
बारा:= भौतिक पुर्वाधार बिकास मन्त्रालय प्रदेश न.२ को जनता आवास कार्यक्रम निर्माण अन्तर्गत पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा न.२ पिपरामा तराईमा रहेको दलित जाती डोम समुदायको लागी भवन निर्माणको लागी आज शुक्रबार एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले भवनको शिलान्यास कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
प्रदेश सरकार को दलितको बस्तीमा पक्की घर (जनता आवास) कार्यक्रम लाई सार्थक बनाउन शहरी बिकास तथा भवन कार्यालय बिरगंज को आयोजनामा शिलान्यास कार्यक्रम सप्पन्न भएको हो ।
शहरि भवन का कार्यालय प्रमुख राजेन्द्र प्रसादको अध्यक्षता मा आयोजित सो समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी जनता आवास कार्यक्रम पर्सा का संम्योजक माननिय रमेश प्रसाद कुर्मीले पहिलो चरणमा पर्सा का २०० अति बिपन्न दलित परिवारको लागि पक्की घर बनाउने बताउनु भएको छ ।


कार्यक्रम मा पुर्ब मन्त्री माननिय करिमा बेगम, माननिय भिमा यादव , जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य द्वय शिव पटेल, रामचन्द्र पडित,पर्सा का सचिव द्वय राजेश साह, श्रीराम जि गिरि, जिल्ला सदस्य प्रेमचन्द्र कुशवाहा,निशेश यादव, जितेन्द्र पटेल, नगर अध्यक्ष कृष्ण यादव, सदस्य मनोज पटेल लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रत्येक दलित समुदायको घरधुरी बराबर सरकारले ३ लाख ५० हजार रुपैयाँ बराबरको बजेट बिनियोजन गरिएको जानकारी दिनु भएको छ ।




















