दक्षिण कोरिया := दक्षिण कोरियामा कार्यरत कामदारको न्यूनतम तलब(बेसिक सेलरी) वृद्धि भएको छ। नयाँ वर्ष सन् २०२१ को आगमनसँगै दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको हो।
गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रति घन्टा ८ हजार ७ सय २० वन पाउने भएका छन् । योवर्ष को’रोना महामारीका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो।
न्यूनतम तलब वृद्धि सँगै दक्षिण कोरियामा रहेका नेपाली कामदार पनि प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने कामदारको न्यूनतम ज्याला महिनामा १८ लाख २२ हजार ४ सय ८० कोरियन वन अर्थात् झन्डै १ लाख ८२ हजार रुपैयाँ हुनेछ। साथै ८ घन्टा भन्दा बढि काम गरे बापत ‘ओभरटाइम’ र सार्वजानिक बिदाहरुमा काम गरे प्रतिघन्टा १३ हजार वन भन्दा बढि ज्याला पाउनेछन् ।
त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको काम गर्ने कम्पनीमा रात्रि भत्ता हुनेछ । व्यवसायीहरुले गत वर्षको तलबमा २.१ प्रतिशत कटौती गरेर ८ हजार ४ सय १० वन बनाउने माग राखेको थिए भने कामदार पक्षले १६.४ प्रतिशत वृद्धि गरेर १० हजार वन बनाउन माग राखेका थिए ।




















