[ आरएन चौधरी थारु ]
थारु गीतसंगीतको म्युजिक भिडियोको क्षेत्रमा डान्सिङ् स्टारको रुपमा प्रख्यात थारु समुदायका मोडल बिवस घले र झरना चौधरीको बबाल अभिनय सहितको नयाँ म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।
थारु समुदायकै बहुचर्चित गायकद्धय उमेश मुस्कानको शब्द,संगीत र स्वरमा सजिएको “छनक्क छन छनके मोर हातके चुरिया” बोलको यस गीतमा उमेशलाई गायिका अनु चौधरीले पनि स्वर दिइएकी छिन्। गीतको ब्यवस्थापन केशव बडुले गरेका हुन।
दर्जनौं-दर्जन म्युजिक भिडियोमा अभिनय गरेर ख्याती कमाउन सफल मोडल बिवस संगै म्युजिक भिडियोको क्षेत्रमा जम्ने प्रयासमा रहेकी नयाँ मोडल झरना चौधरी संगको एकदमै सुहाउँदो अभिनय भिडियो भित्र देख्न सकिन्छ।
नाचौ नाचौ लाग्ने यस् गीतको भिडियोमा निर्देशन सुधराम दहितको रहेको छ,भने सम्पादन र छायांकन यम बहादुर थारुको रहेको छ।

पूरा भिडियो हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस् :




















