नयाँ स्वरुपको कोरोना संक्रमणको कारण विदेशीलाई जापान प्रवेशमा फेरि प्रतिबन्ध।

टोकियो(जापान):= जापानले विश्वभरबाट आफ्नो देशभित्र आउने विदेशी हरु लाई प्रवेशमा रोक लागाउने भएको छ। बेलायतबाट सुरु भएको नयाँ कोरोना भाइरस जपानमा समेत अहिलेसम्ममा सातजनामा देखापरिसकेको अवस्थामा जापानका प्रधान्मन्त्री योसिहेदे सुगाको निर्णयअनुसार यहीं डिसेम्बर २८ देखि प्रवेश प्रतिबन्ध लगाइएको हो।

यो प्रतिबन्ध आगामी जनवरी अन्तिम महिनासम्म रहने जनाइएको छ । जसमा विश्वभरिका नागरिक पर्ने छन् । विदेशबाट फकिर्ने आफ्ना नागरिकका हकमा भने यो नियम लागू हुने छैन ।

नेपालबाट जापान आउने भिषा लागेको नया बिद्याार्थीहरू तथा नयाँ भिसा लागाउने अर्थात् आउन तयारी भएकाहरु अब कहिले आउने भन्ने कुरामा पनि यो प्रतिबन्धको घोषणाले असर गर्ने भएको छ।

जापानी संचारमाध्यमहरुका अनुसार, कोभिड १९ को नयां स्वरुपको फैलावटको अवस्था हेरी प्रतिबन्धको समय फेरि थपिने पनि हुनसक्छ।