मलेसियामा कार्यरत कोरोना संक्रमित विदेशी श्रमिकको उपचारखर्च कम्पनीलेनै ब्यहोर्नुपर्ने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत विदेशी कामदारहरु मध्यमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित विदेशी श्रमिक,कामदारहरुको सम्पुर्ण उपचारखर्च रोजगारदाता,कम्पनीले नै ब्यहोर्नु पर्ने भएको छ।

मलेसिया सरकारको वरिष्ठ रक्षामन्त्री दातुक श्री इस्माईल साब्री याकोबले पत्रकार सम्मेलनमा स्थानीय सञ्चार माध्यमसंगको कुराकानीको क्रममा बोल्दै भने,”रोजगारदाता कम्पनीहरुले आफ्ना कम्पनीमा कार्यरत कोरोना संक्रमित भएर कोरोना विशेष अस्पताल अथवा उपचार केन्द्रमा उपचार गराइरहेका विदेशी कामदारहरुको क्वारेन्टाइन खर्च,औषधि खर्च लगायत आवश्यक सम्पुर्ण खर्च रोजगारदाता कम्पनी स्वयंमले ब्यहोर्नुपर्ने छ्न।”

[ तस्बिरमा मलेसिया सरकारको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोब ]

रक्षामन्त्री याकोबले थप बोल्दै भने- यस् बिषयमा मलेसियाको राष्ट्रिय सुरक्षा परिषद् संगको विशेष बैठकमा सम्बन्धित मन्त्रालय र विभिन्न निकायहरुसंग छलफल गरेरै सहमतिमै निर्णय गरिएको हो।स्थानीय पत्रीका द-स्टारमा खबर प्रकाशित छ।

रक्षामन्त्री याकोबले यो पनि भने कि, सरकारले कामदारहरूको न्यूनतम मापदण्ड आवास र सुविधा ऐन १९९० (एक्ट ४४६) को अन्तर्गत रोजगारदाता कम्पनीहरुले विदेशी कामदारहरूको लागि बस्न,सुत्न दिइएको आवास,कोठाको सुविधाको जाँच पनि तीब्र रुपमा भइरहेको छ।

याकोबले भने- विदेशी कामदारको लागी उचित आवासको ब्यवस्थापन नगरेको , कामदारको स्वास्थ्य संग खेलवाड गर्ने अहिलेसम्म १२ वटा रोजगारदाता कम्पनीलाई कानुनी प्रक्रिया अनुसार २७ वटा चार्ज लगाएर जरिवाना तिराउने देखी लिएर जेल सजाय सम्मको कडा कारवाही समेत गर्ने गरेको याकोबले बताए।

[तस्बिरमा मलेसियाको मानव संशाधनमन्त्री एम साराभानान मुरुगनले विदेशी कामदार बस्ने होस्टेल,कोठाहरु चेकजाँच गर्दै ]