नेकपा केपी ओली समूहविरुद्ध सडकमा उत्रियो प्रचण्ड नेपाल नेतृत्वको नेकपा समुह।

काठमाडौं := नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूह आजदेखि सडकमा ओर्लिएको छ। केन्द्रीय कमिटीको बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमारको नेतृत्वमा आज माइतीघरमा धर्ना दिइएको थियो। त्यसपछि भद्रकाली, शहीदगेट, एनएसी, रत्नपार्क हुँदै र्‍याली निर्वाचन आयोग पुगेको छ।

‘हामी जिउँदै छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ ।

अहिले निर्वाचन आयोग बाहिर ठूलो संख्यामा प्रचण्ड नेपाल समूहका कार्यकर्ता छन्। निर्वाचन आयोगभित्र भने प्रचण्ड नेपाल सहितका शीर्ष नेताहरु छन्।