काठमाण्डौं:= सत्तारुढ नेकपा संभवत आज औपचारीक रुपले विभाजित हुने संभावना बढेको छ।लामो समयदेखि रहेको पार्टी भित्रको संकट विभाजनको तहमा अनौपचारीक रुपले प्रवेश गरीसकेको छ । तर पनि एकता कायम रहन्छ भन्ने विष्लेषण नेताहरुले गर्दै आएका थिए ।
तर पुष ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद असंवैधानिक रुपमा विभाजन गरेको भन्दै सर्बत्र विरोध र आलोचना बढीरहेका बेला नेकपाको बहुमत सदस्यहरु र सांसदहरु पनि त्यसको बिरुद्ध उभिएका छन् । जसले गर्दा नेकपाको गतिविधि मात्र हैन अब केन्द्रीय समितिको बैठक पनि अलग अलग आव्हान भएको छ ।
पुष ५ गते बसेको स्थायी समितिको बैठकले आज केन्द्रीय समितिको बैठक बोलाएको थियो ।
संसद विघटन पछि प्रधानमन्त्री ओलीले आज बिहान ९ बजे वालुवाटारमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
आजै दिउसो १ बजे प्रचण्डको नेतृत्वमा केन्द्रीय समितिको बैठक बस्दै छ ।
यसरी अलग अलग रुपमा आव्हान भएको केन्द्रीय समितिको बैठकले एक अर्कालाई निषेध गर्ने वा कार्बाहीको घोषणा गर्ने संभावना छ ।
प्रचण्डको नेतृत्वमा बसेको स्थायी समितिको बैठकले ओलीलाई अनुशासनको कार्बाही गर्ने निर्णय गरेरको थियो र त्यसको जानकारी पनि सो समुहले निर्वाचन आयोगलाई दिईसकेको छ ।
उता ओलीले उपाध्यक्ष सरहको मान्छे भएकाले प्रचण्डले आफूलाई कार्बाही गर्न नसक्ने बताएका छन् ।
यसका बीच प्रचण्ड माधव समुह सर्वदलीय बैठकमा गएर प्रतिनिधि सभा भंग गर्ने ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै साझा आन्दोलनमा उत्रने सहमति गरीसकेको छ ।
यस्तो स्थितिमा आज नेकपा विभाजित हने धेरैले अनुमान गरेको छ ।
पार्टी एकता गर्दा अब ५० बर्ष कम्युनिष्टलाई कसैले हल्लाउन सक्दैन भन्दै भाषण गर्ने नेताहरुले तीन बर्ष नवित्दै आफै बहुमतमा रहेको संसद भंग गर्नेदेखि पार्टी समेत विभाजन गर्ने तहमा पुगेका छन् ।
यसले तल्लो पक्तिमा ठूलो निराशा पैदा गरेको देखिएको छ ।
यद्यपि, पार्टी विभाजन भएमा पनि स्थायी समिति, केन्द्रीय समिति र संसदमा प्रचण्ड माधव समुह स्पष्ट बहुमतमा रहेको देखिन्छ ।




















