साउदी अरेबियाले १ हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान रोक्यो।

साउदी := साउदी अरेबियाले सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोकेको छ। कोरोना भाइरस (कोभिड-१९) को नयाँ लहरको संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै एक हप्ताका लागि लागि उडान रोकिएको साउदी रियाद स्थित नेपाली दूतावासले एक सुचना सार्वजनिक गरि जनाएको छ।

नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी अरेबिया प्रवेश गर्न पाइने छैन ।स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार यस्तो बन्देज लगाइएको साउदी अरेबियाको आन्तरिक मामिला सम्बन्धी मन्त्रालयले जनाएको कुरा दूतावासले आफ्नो सुचनामा उल्लेख गरेको छ।

साथै साउदी सरकारको नियम अनुसार अब ५० जना भन्दा बढी ब्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ। सरकारको यस् आदेशलाई उलंघन गर्ने विरुद्ध साउदी रियाल १५ हजार सम्म जरिवाना हुने जनाइएको छ।

यसअघि नै केही युरोपेली देशहरु तथा बेलायतले कोभिड १९ को थप लहर आउन सक्ने भन्दै सचेत गराइसकेका छन् । तर आपतकालीन अवस्थाका उडानहरु भने गर्न दिइने छ । यसअघि कुवेतले बेलायतबाट आउने तथा जाने उडान रद्द गरिसकेको छ।

हेर्नुहोस नेपाली दूतावासले जारी गरेको सुचना :