NRNA मलेसिया श्रमिकमैत्री बन्दै, खाद्यान्न सहयोगदेखि रोकिएको पारिश्रमिक समेत फिर्ता दिलाउदैँ।

[आरएन चौधरी थारु]


क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया पछिल्लो समय श्रमिकमैत्री बन्दै गैइरहेको पाइएको छ। एनआरएनए मलेेसियाले ७ महिनादेखि बिना तलब काम गर्दै बसिरहेको नेपाली श्रमिकहरुको पारिश्रमिक (तलब) फिर्ता गराईदिन सफल भएको छ।

वैदेशिक रोजगारीको निम्ति मलेसियामा पोर्ट केलाङमा कन्ट्रक्सन कम्पनी ईख्मास जाया र रेका भिस्टा नामक कम्पनीसंग आबद्ध रहि निर्माण क्षेत्र (कन्ट्रक्सन) को काम गर्दैआएका १३ जना नेपाली श्रमिकहरु धर्मजित घर्ती,चिँकु थारु,बिक्रम थापा,हुसेनी थारु,बल बहादुर पुन मगर,जाया बहादुर रोका,प्रेम बुढा,दिलमान रोकामगर,दल बहादुर ओली क्षेत्री,सुर्या बहादुर बिक,जामान बिक,नवराज ओली,देव प्रसाद ताजपुरिया लगायतको नेपाली कामदारहरुको काम गरेको पारिश्रमिक रोजगारदाता कम्पनीले भुक्तानी नगरेर विभिन्न बाहानाबाजी गर्दै आलटाल गर्दै ति १३ जना नेपालीहरुको पारिश्रमिक रोकिरहेको थियो।

केहिदिन अगाडि मात्रै मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको प्रतिरक्षा तथा कानुनी सहायताको लागि दुईजना मलेसियन मुलकै नागरिक रवि र कुना नामको अधिवक्ता (वकिल) हरुलाई एनआरएनए मलेसियाले कानुनी सल्लाहकारमा नियुक्त गरिएको थियो।

[ तस्बिरमा काम गरेको पारिक्ष्रमिक भुक्तानी फिर्ता पाएका ४ जना नेपाली श्रमिकहरु ]

नियुक्ति पाए लगत्तै ति दुईजना अधिवक्ताहरुले मलेसिया स्थित नेपाली दूतावासको सहयोग र समन्वयमा नेपाली श्रमिकहरुको तलब रोकेको रोजगार कम्पनीमा गैइ भेटघाट गरेर कम्पनीको विरुद्धमा लेबरकोर्टमा मुद्दा हाल्ने बताएपछि अत्तालिएर रोजगारदाता कम्पनीले आफुले रोकेर राखेको सबै ति नेपाली श्रमिकहरुको पारिक्ष्रमिक फिर्ता गरिदिने बताए।

एनआरएनए अध्यक्ष हरि भट्टराईले बताए अनुसार “एनआरएनएको दुई जना अधिवक्ताहरु र दूतावासको समन्वयले १३ जना मध्य ४ जना नेपाली कामदारहरु क्रमशः धर्मजित घर्तीको बाँकी पारिक्ष्रमिक आरएम ५,०९५ , चिँकु थारुको बाँकी पारिक्ष्रमिक आरएम ४,१७० , बिक्रम थापाको बाँकी पारिक्ष्रमिक आरएम ५,५८० र हुसेनी थारुको बाँकी पारिक्ष्रमिक आरएम ३,८१५ रिंगेट फिर्ता गरिसकिएको अध्यक्ष भट्टराईले बताए।”

[ तस्बिरमा आफुले काम गरेको पारिक्ष्रमिक भुक्तानी फिर्ता पाईसकेपश्चात् हर्षित मुद्रामा नेपाली श्रमिकहरु ]

अध्यक्ष भट्टराईले बताए अनुसार हिजो मात्रै पारिक्ष्रमिक फिर्ता पाएका ४ जना नेपालीहरु आज डिसेम्बर १६ तारिखको दिन स्वदेश फर्किसकेको र बाँकी रहेका ९ जना नेपालीहरुको पारिक्ष्रमिक पनि एक हप्ता भित्रै रोजगारदाता कम्पनीले भुक्तानी गर्ने र नेपाल जान चाहेकालाई सकुशल स्वदेश फिर्ता गराउने प्रतिबद्धता लिखित रुपमा जाहेर गरेको बताए।

एनआरएनए मलेसियाले सम्बन्धित निकायहरुको सहयोग,समन्वयमा पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको निम्ति उल्लेखनीय कार्यहरु गर्दै आईरहेको छ।

मलेसियामा विभिन्न समस्यामा रहेका नेपाली श्रमिकहरुलाई आर्थिक,भौतिक सहयोग,राहात खाद्यान्न सामाग्री बितरण सहयोगदेखि लिएर मलेसियाबाट नेपाल फर्केका आर्थिक रुपमा कमजोर,अशक्त,असहाय,अपाङ्ग लगायतकोलाई केन्द्रसंगको समन्वयमा काठमाडौंदेखि घरसम्म पुग्ने यातायात खर्च उपलब्ध गराईदिएर,खानाखाजा लगायतको आवश्यक ब्यवस्थापन गरिदिएर सहयोग गरिरहेको पाइएको छ।