क्वालालम्पुर (मलेसिया):= ( Community of filipinos in Penang ) कम्युनिस्ट अफ फिलिपिन्स ईन पेनाङको आयोजनामा भएको भलिबल खेल प्रतियोगितामा उपाधि विजेता टिमलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ।
शनिबार एक कार्यक्रमको आयोजना गरी प्रथम उपाधि बिजेता जनउद्वार केन्द्र लभलेन सम्पर्क टिमलाई नगद तथा मेडल सहित प्रमाणपत्र बितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्यनजर गर्दै मलेसियामा रहेका फिलिपिन्सहरुको समुदायले आयोजना गरेको उक्त खेलका ५ टिमलाई पछि पार्दै लभलेन सम्पर्क टिमले उपाधि हात पारेको थियो ।


पुरस्कार बितरण कार्यक्रममा विशेष अतिथिको रुपमा जनउद्वार केन्द्र मलेसियाका अध्यक्ष केशु थापा रहनुभएको थियो। खेलाडी तथा खेलप्रेमी हरुको बाक्लो उपस्थिति रहेको जनउद्वार केन्द्र लभलेन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण भण्डारीले बताए ।
यस्तै उकृष्ट खेलाडी नविन मल्ल र वेष्ट पिलियर ज्ञान मगरलाई घोषित गरिएको अध्यक्ष भण्डारीले बताए । हाम्रो यस जनउद्वार केन्द्र सम्पर्क लेभलेन टिमलाई प्रोत्साहन गर्न विभिन्न तहबाट साथ सहयोग गर्नु हुने सम्पुर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गरेको सचिव प्रियतम थापाले जानकारी दिए।






















