जीमेल, गुगल र युट्युबको सर्भर ‘डाउन’ : विश्वभरका प्रयाेगकर्ता प्रभावित।

एजेन्सी:= अहिले विश्वभरि नै गुगल, जीमेल र युट्युबकाे सर्भर नै डाउन भएकाे छ। यो समस्याले विश्वभरिको प्रयोगकर्ताहरुलाई सास्ती खेप्नु परेको छ।

डाउनडेक्टरका अनुसार ११:५६ जीएमटी समयदेखि विश्वभरका प्रयाेगकर्ता प्रभावित बनेका हुन्। गुगलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकाे छैन । 

यद्यपि युट्युब नचलेकाे भन्दै सूचना दिनेमध्ये ५४ प्रतिशतले वेबसाइटकाे प्रयाेग गर्न नसकेकाे, ४२ प्रतिशतले भिडियाे देख्न नसकेकाे र तीन प्रतिशतले लग इनमा समस्या देखिएकाे बताएका छन् । 

त्यस्तै जीमेलमा समस्या देखिएकाे भन्दै सूचना दिनेमध्ये ७५ प्रतिशतले लग इन गर्न नसकेकाे, १५ प्रतिशतले बेवसाइटसम्म पुग्न नसकेकाे र आठ प्रतिशतले सन्देश प्राप्त नभएकाे गुनासाे गरेका छन् ।