[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत करिब-करिब ४ लाख नेपाली मध्य १९४ जना नेपाली कामदारहरु अहिलेपनि जेल जिवन बिताइरहेको पाइएको छ।
हाल मलेसियामा कार्यरत रहेको लाखौं नेपाली कामदारहरु मध्यमा १९४ जना नेपालीहरु विभिन्न कारणबस जेल परि सजाय भोगिरहेको मलेसिया स्थित नेपाली दूतावासको द्धितिय सचिव प्रेम बहादुर बुढा थापाले बताउनुभयो।
द्धितिय सचिव प्रेमले बताए अनुसार अन्य थप ५१ जना नेपालीहरु जेल सजाय काटिसकेर स्वदेश फर्किनको लागी मलेसियाको विभिन्न ठाउँमा अवस्थित घरफिर्ती केन्द्र (डिटेन्सन) क्याम्पमा स्वदेश फर्किने प्रक्रियामा,प्रतीक्षामा रहेको बताउनुभयो।

गत डिसेम्बर ४ तारिखको दिनमात्रै दूतावासको पहलमा मलेसियाको अध्यागमन विभाग संग समन्वय गर्दै विभिन्न करणले जेल परि सजाय पूरा गरेर घर फर्किने तयारीमा रहेका ४० जना नेपालीलाई सकुशल स्वदेश फिर्ता पठाइएको साथै सोहिदिन कानुनी कागजी प्रक्रिया पूरा भैइसकेको मृत नेपालीहरुको शव पनि स्वदेश पठाइएको द्धितिय सचिव प्रेमले बताए।
नेपालीहरु जेल पर्ने प्रमुख कारणहरु मध्यमा मलेसियन अध्यागमन बिभाग सम्बन्धि कानुन उलंघन गर्ने, एकअर्कासंग लडाइँ, झै-झगडा,कुटपिट गर्ने,आफू कार्यरत रोजगारदाता कम्पनी छाडेर अन्यत्र जाने र गैर कानुनी रुपमा काम गर्ने,अनैतिक क्रियाकलापमा संलग्न हुने,गर्ने लगायतको प्रमुख कारणहरुले गर्दा नेपाली कामदारहरुले जेलको सजायको भागिदार हुनुपरेको दूतावासले जनाएको छ।
साथै यस्ता किसिमका अनैतिक , कानुनी बन्देज लगाइएको क्रियाकलापमा कुनैपनि नेपाली संलग्न नहुन,मलेसियाको कानुन उलंघन नगर्न, कम्पनी छोडी भागेर अबैधानिक नबन्न,आफू कार्यरत कम्पनीमै सुरक्षितसाथ काम गर्न दूतावासले मलेसियामा कार्यरत सम्पुर्ण नेपालीहरुमा आग्रह गरेको छ।




















