[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) को संक्रमणलाई मध्यनजर गर्दै बन्द गरिएको मलेसियन अध्यागमन बिभाग (imigresen department ) को कार्यालय, काउण्टर पुनः खुल्ने भएको छ।
मलेसियामा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुने मानिसहरुको संख्यामा लगातार वृद्धि हुँदैगएपछि बिभागको कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा गत महिनादेखि यहीँ डिसेम्बर ६ तारिख आइतबारसम्म करिब एक महिनासम्मको लागी बन्द गरिएको थियो।
तर बिभागले पुनः एक सुचना सार्वजनिक गर्दै यहीँ डिसेम्बर महिना आउदो ७ तारिख, सोमबारदेखि सबै राज्यहरुमा बन्द रहेको अध्यागमन कार्यालयहरु खोल्ने र आवश्यक सेवा प्रदान गरिने बिभागले जनाएको छ।


बिभागको कार्यालयहरु बन्द भएर हजारौं विदेशी कामदारहरु स्वदेश फर्किन आवश्यक पर्ने चेकआउट मेमो , स्पेशलपास लगायतको कानुनी कागजातहरु बनाउन,निकाल्न समेत नसकिने भएर प्रभावित भएका थिए।
तर अब बिभागको कार्यालयहरु पुनः खुल्ने भएपछि विदेशी कामदारहरुले स्वदेश फर्किन आवश्यक पर्ने चेकआउट मेमो , स्पेशल पास लगायतको कागजातहरु बनाउन र कोरोनाको अवधीको बिचमा भिसा सकिएका कामदारहरुले भिसा रिनियु गर्न पनि पाउने छ्न।
अत्त : कार्यालयहरु खुलेपनि कोरोना संक्रमणलाई नै ध्यानमा राखेर अध्यागमन सम्बन्धि कुनै आवश्यक कामको लागी बिभागको कार्यालयमा आउनुभन्दा अगाडि अनलाइन माध्यमबाट अनुमति ( appointment ) लिएर बल्ल कार्यालय आउन मिल्ने नियम लगाइएको बिभागले जनाएको छ।




















