[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY,SME-1) भन्ने डरलाग्दो रोगबाट पिडित भैरहवा निवासी १३ महिने शिशु सियोना श्रेष्ठको उपचारमा सहयोग स्वरुप वैदेशिक रोजगारीको क्रममा मलेसियामा कम्पनीमा कार्यरत नेपालीहरुले आर्थिक रकम संकलन गरि सहयोग प्रदान गरेको छ।
मलेसिया स्थित इको मेडि ग्लोब्स एसडिएन.बिएचडी (Eco medi glove sdn bhd) र रिभर स्टोन ग्लोब्स एसडिएन बिएचडी (River stone glove sdn bhd) नामक कम्पनीमा विभिन्न छुट्टाछुट्टै डिपार्टमा कार्यरत नेपाली कामदारहरुले आफ्नो पारिक्ष्रमिक बापतको थोरै थोरै रकम सहयोग संकलन गरि र गएको दशैँतिहारको अवसरमा देउसीभैलो कार्यक्रम आयोजना गरि संकलन गरिएको जम्मा मलेसियन आरएम.५,४२६ रिंगेट , नेपाली रु.१ लाख ५४ हजार ८९७ रुपैयाँ सियोना श्रेष्ठ बचाउ अभियानमा रहेको बैंक खाता नम्बर ac.no 206500000031524 बैंक अफ काठमाडौमा डिपोजिट ट्रान्सफर गरि सहयोग गरिदिएको सोही कम्पनीमा कार्यरत नेपाली दिनेश बिसिले मलाया खबरलाई जानकारी गराउनुभयो।


दिनेशले जानकारी गराए अनुसार ग्लोब्स कम्पनी भित्र रहेको तारे डिपार्ट,डिपिङ डिपार्ट,प्याकिङ डिपार्ट,अटोस्ट्रिपिङ डिपार्ट,डब्लु आईपी डिपार्ट,कम्पाउन्डिङ डिपार्ट,क्यु ए डिपार्ट लगायतकोमा कार्यरत मनकारी नेपालीहरु र एकजना नेपाली होटेल ब्यवसायी सोनाम शेर्पाले समेत आर्थिक रकम सहयोग गरेको बताउनुभयो।
कलिलै उमेरमा भ्यानक रोगबाट ग्रसित भएपछि सियोनाको आमाबुबा एकदमै चिन्तित भैइ उपचारको लागी देशदेखि विदेशसम्म यताउता भौतारीरहेको छ। अहिले सियोनाको उपचार पोल्यान्डमा भैईरहेको छ , र उपचारको लागि कम्तिमा रु.२५ करोड लाग्ने डाक्टरले बताए पछि परिवारद्वारा अार्थिक सहयोगको लागि मनकारी ब्यक्ति तथा समाजिक संघसंस्थालाई सहयोगको निम्ति अपिल गरेका थिए।























