[ बाबुराम क्ष्रेष्ठ ]
धादिङ:= धादिङमा एचआइभी एड्स संक्रमित बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । हालसम्म धादिङमा यस रोगका बिरामीहरूको संख्या ११३ जना रहेका छन् भने पाँच जनाको मृत्यु भइसकेको छ । विशेष गरी समुदायस्तरमा एचआइभी एड्ससम्बन्धी जनचेतनाको कमीले गर्दा यस रोगका बिरामीहरूको संख्या बढेको धादिङ अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. त्रिभुवन चन्द्र झाले बताउनुभयो ।
एचआइभी एड्स रोगीका बिरामीहरूलाई गर्ने व्यवहारको अन्त्य र हरेक व्यक्तिहरूमा यस रोगीका बिरामीहरूले समयमै उपचार गरे रोग निको हुन्छ भन्ने चेतना हुनुपर्ने डा. झाले बताउनुहुन्छ । मानिसहरूमा चेतनाको कमीले गर्दा यस रोगीका बिरामीहरू अस्पतालसम्म उपचार गर्न सजिलैसँगै आउन नसकेको उहाँले बताउनुभयो ।
एचआइभी एड्सका बिरामीहरू समाज मानिहरूले गरिने व्यबहारले गर्दा उपचारभन्दा रोगबाट ग्रसित भई बस्ने गरेको पाइन्छ । यस रोगीका विरामीहरूलाई समाजका मानिसहरूले थाहा पाएमा समाजबाट अपहेलना गर्ने डरले समेत खुलेर अस्पतालसम्म आउन विज्ञहरू बताउँछन् । यस्तै धादिङ अस्पतालका स्टाफ नर्स सरस्वती मल्लले भने एचआइभी एड्स रोगका बिरामीहरू पछिल्लो समयमा निकै बढेको र नियमित औषधी सेवन गरे बिरामीको अवस्था राम्रो हुने बताउनुभयो ।
संक्रमित बिरामीहरूको बिना चेकजाँच ब्लड अन्य व्यक्तिलाई लिने दिने गर्दा, संक्रमित बिरामीबाट बच्च जन्माउनु, असुरक्षित तरिकाले यौन सम्पर्क गर्दा यो रोग सर्ने गरेको नर्स मल्लले बताउनुभयो । यस्तै एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता प्राणघातक रोग लाग्ने गरेको पाइएको छ ।




















