ओमान:= नेपाली श्रमिक पुनः ओमान जान पाउने भएका छ । ओमानले नयाँ श्रमिक लिने र श्रमिककाे मागपत्र ओमानस्थित नेपाली दूतावासले प्रमाणीकरण गर्ने बताइएकाे छ । दूतावासले एक सूचना जारी गर्दै पुन: प्रमाणीकरण थालिएको जानकारी दिएको हाे ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीका अनुसार योग्य कम्पनीहरूबाट नेपाली श्रमिक माग भएर आएको मागपत्र मात्र प्रमाणीकरण गरिनेछ । अब नयाँ श्रमिक र पहिले नै भिसा लागेर जान नपाएका श्रमिकहरूले पनि ओमान प्रवेश पाउनेछन् ।
ओमानकाे कोरोना सम्बन्धी बनेको सर्वोच्च समितिले पर्यटक भिसामा पनि विदेशी नागरिकलाइ ओमानमा प्रवेश दिने निर्णय गरेको जनाइएकाे छ । तर ओमान प्रवेश गरेपछि भने त्यहाँका कोरोना सम्बन्धी नियमहरू पालना गर्नु पर्नेछ ।




















