नयाँ धरहरा निर्माणले गति लिँदै, १९ तला ढलान सकियो।

काठमाडौं := सुन्धारामा निर्माण हुँदै गरेको नयाँ धरहराको काम अन्तिम चरणमा पुगेको छ। बन्न लागेको २२ तलाकाे धरहरा मध्ये २० तलाकाे ढलान हुन लागेको निर्माण कम्पनीले जानकारी दिएको छ। रमन कन्सट्र क्सनका आयोजना व्यवस्था पक श्यामचन्द्र श्रेष्ठले बाँकी दुई तल्लाको काम दुईदेखि तीन महिनाको बीचमा सम्पन्न हुने बताउनुभयो ।

तर धरहरालाई अन्तिम रुप दिने कामको लागि केही समय लाग्नेछ। धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट बनाउने, वाइरिङ, फिनिसिङ काम पनि भइरहेको उहाँ बताउनुहुन्छ । सुरुमा को’रोनाका कारण काममा केही असर परेको भए तापनि काम निरन्तर भइरहेको उहाँ बताउनुहुन्छ ।

को’रोना कारण लकडाउनको समय र दसैं तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भइरहेको उहाँले बताउनुभयो ।ठेक्का पाएको समयका आधारमा हामीले एक महिना अगावै सक्नु सक्नुपर्ने भए तापनि को’रोना लगायत कामगर्ने सिलसिलामा काम गर्ने साइट नपाएको कारण थप समय आवश्यक रहेको म्यानेजर इन्जिनियर श्रेष्ठ बताउनुहुन्छ । तर पनि धरहरा निर्माणको काम सम्पन्न गरेर अरु भित्रको बाँकी काम हुने दिशामा रहेकोे निर्माण कम्पनीले बताएको छ ।

२२ तला बन्ने धरहरा पहिलाको धरहराको शैलीमा बन्ने छ । तर पुरानै शैलीको भए तापनि नयाँ प्रविधिमा बनि रहेको निर्माण कम्पनीको बताएको छ । यो बन्दै गरेको धरहरामा बालुवा, छड, र्र्ईटा, डण्डी, सिमेण्टको सामग्री प्रयोग गरेर बनाइएको छ । तर माथि टपमा भने पुरानै धरहराको गजुर राखिने म्यानेजर श्रेष्ठ बताउनु हुन्छ । पुरानै शैलीमा प्रत्येक तलामा झ्याल रहनेछ ।