अब टिकटकमा पनि नेपालको प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक एकाउन्ट खोलेका छन्। पछिल्लो समय विश्‍वभर लोकप्रिय भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीको एकाउन्ट खोलिएको हो।

आइतबार बनाइएको उनको टिकटक एकाउन्ट भेरिफाइड पनि गरिएको छ। ‘अकाउन्ट खोलेका थियौं, टिकटकले हामीलाई प्रधानमन्त्रीको आधिकारिक हो/होइन भनेर सोध्यो’, ती सदस्यले भने, ‘हामीले आधिकारिक अकाउन्ट भएको बताएपछि भेरिफाइड भयो।’

प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ। ‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ। 

एउटा मात्रै भिडियो अपलोड गरिए पनि फलोअर्सहरु एकै दिन बढेका छन्। उक्त भिडियो एक लाखले हेरिसकेका छन् भने १ सय ५२ कमेन्ट र ७ हजार बढी लाइक गरेका छन्। यसलाई एक सय बढीले सेयर पनि गरेका छन्। 

भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा प्रधानमन्त्रीले नै एकाउन्ट खोलेर भिडियो सेयर गर्न थालेका हुन्। टिकटक पछिल्लो नयाँपुस्तामा सबैभन्दा बढी लोकप्रिय मल्टिभिडियो सामाजिक सञ्‍जाल हो।

भिडियो हेर्न यस् लिङ्कमा क्लिक गर्नुहोस् :

Trends for youReplay12.6K291223@kpsharmaoli_official