कुवेतमा कार्यरत नेपाली महिला सिताले झुन्डिएर गरिन् आत्महत्या।

कुवेत := वैदेशिक रोजगारीको निम्ति कुवेतमा काम गर्दै आएकी एक नेपाली महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन्।

कुवेतमा अवस्थित एक प्रख्यात कम्पनी लासपालमासमा बिगत ६ बर्षदेखी काम गर्दै आएकी नेपाल ठेगाना चितवन जिल्ला भरतपुर महानगरपालिका-१८ चनौली रायजंग निवासी सितादेवी नेपालीले आत्महत्या गरेकी जानकारी प्राप्त भएको छ।

कुवेतको समयअनुसार साझ करिब ०६:०० बजे तिर आफू कार्यरत कम्पनीको फरवानिया स्थित होस्टेलमा रहेको शौचालय भित्र झुन्डिएको अवस्थामा फेला परेकी थिईन्।

कुवेत स्थित नेपाली दूतावासका द्धितिय सचिव श्रीकृष्ण सिलवालले बताए अनुसार सितादेवीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको र ऊनी कार्यरत रोजगारदाता कम्पनी र परिवारसंग समन्वय गरि आवश्यक कानुनी प्रक्रियामा सहयोग गर्ने बताउनुभएको छ।

यद्यपि उनको पोस्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको छ। आत्महत्याको घटना बारे कुवेत प्रहरीले पनि आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
एकबर्ष पहिला विदामा नेपाल घर गएर पुनः रोजगारीमा फर्केका मृतक सिताको घरमा श्रीमान र एकछोरा अनि एक छोरी रहेका छ्न।