चर्चित गायक,र्‍यापर मिस्टर आरजेको ‘तु माईत जन जाई रे’ को रीमेक भिडियो सार्वजनिक।

[ आरएन चौधरी थारु ]

कैलाली:= पछिल्लो समयमा नेपाली गीतसंगीतको क्षेत्रमा ख्यातिप्राप्त चर्चित गायक र र्‍यापरको रुपमा प्रसिद्ध राजेन्द्र भट्ट (मिस्टर आरजे) ले ‘तु माईत जन जाई रे’ बोलको गीतको रीमेक नयाँ भर्सनको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।

हिजो शनिबारको दिन ‘तु माईत जन जाई रे’ को रीमेक भिडियो गोल्डेन हिल्स पिक्चर युटुव च्यानल बाट सार्वजनिक गरिएको गायक राजेन्द्र भट्ट ले जानकारी गराउनुभयो। ‘तु माईत जन जाई रे’ को रीमेक ‘‘तु माईत जन जाई रे’ का ओरिजिनल गायक करन सिंह ऐर बाट लिखित अनुमती लिएर रीमेक तयार,निर्माण गरीएको गायक भट्टले बताउनुभयो।

उनले भने यस् गीतमा केहि परिवर्तन गरि सुदूरपश्चिम प्रदेश भित्र पर्ने पर्यटकिय क्षेत्रमा छायाङकन गरि भिडियो समेत निर्माण गरेका छौ ।’‘तु माईत जन जाई रे’ को रीमेक,नयाँ भर्सन राजेन्द्र भट्ट (मिस्टर आरजे)ले तयार गरेका हुन भने, गायक,गायिकाद्धय रमेश बलायर र पुर्णकला बिसीकोे स्वर रहेको छ। भीडियो भित्र कलाकार तथा मोडल पुष्प खड्का,राजेन्द्र भट्ट,ईनु क्षेत्री र प्रोमिञ्जल भट्ट लगाएतले अभिनय गरेका छन् ।

साथै यो भन्दा पहिला केही दिन अगाडिमात्रै मिस्टर आरजेले अभिनय गरेको र उनकै स्वरमा सजिएको र्‍याप सहितको म्युजिक भिडियो “मेरो एक्स “X” को छम्मा” बोलको गीतले पनि व्यापक चर्चा बटुलेको थियो।

एक्सको छम्मा गीत समाजिक संजाल टिकटक लगायतकोमा समेत एकदमै चर्चित र भाइरल भएको थियो। सो गितमा आरजे संगै गायिका तथा र्‍यापरकै रुपमा चिनिने सिर्जना खत्रीको अभिनय र स्वर रहेको थियो।

तलको लिङ्क क्लिक गरेर पूरा भिडियो हेर्नुस् :