१३ देशका नागरिक अब यूएई जान नपाउने, यूएईले भिसा रोक्यो।

एजेन्सी:= संयुक्त अरब इमिरेट्स दुबई (यूएई)ले १३ देशका नागरिकलाई भिसा दिन रोक लगाएको छ । अब यी देशका नागरिक रोजगारी तथा भिजिट भिसामा समेत यूएई जान पाउने छैनन। समाचार एजेन्सी रोयटर्सका अनुसार प्रतिबन्ध लगाइ एका १३ देशहरु मुस्लिम बाहुल्य देशहरु हुन।

सरकारी स्वामित्वको बिजनेस पार्कले जारी गरेको दस्तावेजको हवाला दिँदै रोयटर्सले लेखे अनुसार यी दस्तावेजहरु बिजनेस पार्कका संचालित कम्पनीहरुलाई पठाइएको थियो र रोयटर्सले यी दस्ता वेजको अध्ययन गरेको छ। दस्तावेजमा अध्या गमन सर्कुलर गरिएको छ र यो सर्कुलर १८ नोभेम्बरदेखि लागू भएको छ।

सर्कुलरका अनुसार अहिले यूएई बाहिर रहेका १३ देशका नागरिकको लागि भिजिट भिसा र रोजगारी भिसा जारी गर्न स्थगित गरिएको छ । यूएईले नयाँ भिसा जारी गर्न प्रतिबन्ध लगाएका देशहरुमा पा’किस्तान, इरान, सिरिया, अफगानिस्तान, सोमालिया लिबिया, यमन, अल्जेरिया, केन्या, इराक, लेबनान, ट्युनिसिया र टर्की छन्।

यो विषयमा जानकार एक स्रोतले रोयटर्सलाई बताएअनुसार सुरक्षा चिन्ताका कारण यी देशका नागरिकलाई भिसा जारी गर्न रोक लगाइएको हो । रोयटर्सले यूएईको पहिचान र नागरिकता सम्बन्धी संघीय प्राधिकरणसँग यसबारेमा सोध्दा कुनै प्रतिक्रिया दिन अस्वीकार गरिएको छ । स्रोतले सुरक्षा चिन्ताका विषयहरु के हुन् भन्ने विषयमा जानकारी दिएको छैन तर यो प्रतिबन्ध अझै केही समयसम्म लागू हुने बताएको छ।

गत हप्ता पाकिस्तानको विदेश मन्त्रालयले युएईले आफ्ना नागरिक र अन्य केही देशका नागरिकको लागि नयाँ भिसा जारी गर्न रोकेको बताएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले यस विषयमा यूएईसँग सोधेको र यूएईले को’रोना भाइरससँग स’म्बन्धित कारणले यस्तो गरेको बताएको जानकारी दिएको थियो । पाकिस्तानी विदेश मन्त्रालय र स्रोतले जनाएअनुसार यसअघि नै भिसा पाइसकेका पाकिस्तानीहरुको लागि भने युएई जान कुनै प्रतिबन्ध छैन । उनीहरु यूएई जान सक्छन्।