काठमाडौं := नेपालका पुर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा भएकाले राजावादी,एकल धर्मवादी,संघीयताविरोधीहरूले वेलैमा बुझ्न आवश्यक रहेको बताएका छन् ।
ती चार खुट्टामा एक खुट्टा भाचिँए पुरै खाट भाँचिने भएकाले राजावादीलाई चकचके बाँदरको संज्ञा दिएका छन् । उनले आज ट्वीटर मार्फत यस्तो धारणा राखेका हुन् ।
नेता भट्टराईले हिजो राप्रपाका अध्यक्ष कमल थापाले पोखरामा आयोजित कार्यक्रममा भेला भएका राजावादी जनताको लहर देखेर आफु खुसी भएको बताए पछि यसतो भनेको हुनुपर्छ ।
नेता भट्टराईको ट्वीट : गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा हुन्।यीमध्ये कुनै एक खुट्टा भाँचिदा पूरै खाट लड्छ।यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छन् । राजावादी,एकल धर्मवादी,संघीयताविरोधीहरूले वेलैमा बुझून्।चकचके बाँदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून्!





















