गुल्मीमा जीप दुर्घटना : पाँच जनाको मृत्यु, तीनको अवस्था गम्भीर।

गुल्मी:= गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ७ : ३० बजे तिर भएको जीप दुर्घनामा परि  तीन जना गम्भीर घाइते भएका छन् । इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीका अनुसार मृत्यु हुनेमा इश्मा  ४ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेका छन् ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुल १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ। जीपमा चालकसहित ९ जना  सवार थिए । दुर्घटनामा जीप भिरबाट ४ सय मिटरभन्दा तल खसेको थियो ।