पूर्वगृहमन्त्री सुधन गुरुङमाथी छिट्टै छानविन सुरु गर्छौ: सभापति लामिछाने।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथी छिट्टै छानविन गर्ने बताउनुभएको छ । बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले छानविन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिनुभएको हो ।

गुरुङले नै आफूमाथी छानविनको माग गरेको उहाँले बताउनु भयो । उहाँकाअनुसार कुन प्रक्रियाबाट छानविन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन ।

उहाँले भन्नुभयो, ‘छानविनको प्रक्रिया चाँडै शुरु हुन्छ,त्यो कस्तो प्रकारको हुन्छ भन्ने तपाईहरुले जानकारी पाईहाल्नु हुन्छ, उहाँले अहिले नैतिकता देखाएर, म माथी प्रश्न उठेको हुनाले छानविन गरियोस् नै भन्नुभएको छ । उहाँमाथी छानविन हुन्छ, कुन प्रक्रिया बाट छानविन गर्ने भन्ने छ, चाँडै छानविन हुन्छ ।’

विवादीत व्यवसायी दीपक भट्टसंग अनुचित कारोबार लागेको आरोप लागेपछि गुरुङले गृहमन्त्रीबाट राजिनामा दिएका थिए ।