काठमाडौं:= अमेरिकी सेनामा कार्यरत नेपाली युवकको सडक दुर्घटनामा परि मृत्यु भएको छ। एक उच्च स्रोतका अनुसार गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको कार दुर्घटनामा मृत्यु भएको हो । उनी सवार कार ट्रकसंग ठोक्किएपछि उनी करिब आधा घण्टा कारभित्र नै छटपटाएर थुनिन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएको छ।
दुर्घटना भएको २५ मिनटेपछि अमेरिकी प्रहरीले उद्धार गरेर कारभित्रै थुनिएका सुरेशलाई नजिकैको सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा एम्बुलेन्सबाट पुर्याएपनि उपचारका क्रममा मृ- त्यु भएको हो । ३ वर्षअघि अमेरिकी सेनामा भर्ती भएपछि बाबु, आमा, हजुरआमा, दिदी र भाइलाई भेट्न स्वदेश आएका सुरेश करिब साडे ५ वर्षअघि अध्ययनको शिलशिलामा अमेरिका प्रवेश गरेका थिए ।




















