[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डमा कार्यरत पुनः एक नेपाली श्रमिकको राती सुुुुतेकैै अवस्थामा मृत्यु भएको छ।
नेपाल ठेगाना सल्यान जिल्ला बन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर.७ गैरिकटेरी निवासी ४२ बर्षिय पुर्न सिंह रावत बिगत ११ महिनादेखि मलेसियाको सुबाङ्गजायामा स्मार्ट टास्क सेक्युरिटी कम्पनीमा सुरक्षागार्डमा काम गर्दै आएका थिए।
यहीँ नोभेम्बर १९ तारिख बिहिवारको दिनभर नियमित ड्युटी गरेर रुम आएर राती खानासाना खाएर सकुशलनै सुतेको पुर्न सिंह रावत राती मृत अवस्थामा फ़ेला परेको सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली श्रमिक मोहन ओलीले जानकारी गराउनुभयो।


मृतक पुर्नको राती सुतेको बेला नियमितजसो घुर्ने बानीरहेको तर त्यस् दिन राती एकपटक पनि नघुरेको कारण मनमा शँका लागेर संगै सुत्ने साथीहरुले बिहान करिब ०३:०० बजेतिर उठाउन खोज्दा नउठेपछि मृत्युु भएको अवस्थामा फ़ेला पारेको बताए।
रोजगारदाता कम्पनीको सहयोगमा मृतक पुर्नको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ। जानकारी अनुसार पोस्टमार्टम सकिएपछि कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव अन्तिम दाहसंस्कारको लागी नेपाल पठाउने तयारी भैइरहेको बताएको छ।
मलेसियामा यसैगरी दिनहुँजसो नेपाली श्रमिकको मृत्यु हुने गरेको छ। मृत्यु हुने कारणहरुमा हृदयघात,सवारी दुर्घटना,सुत्यासुत्यै भएर,झै-झगडा,गम्भीर स्वास्थ्य समस्या लगायतको कारणले सयौंको संख्यामा मलेसियामा नेपाली श्रमिकहरुको मृत्यु हुने गरेको छ।




















