एजेन्सी (मुम्बइ) := भारतकी कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया पक्राउ परेका छन् । मुम्बइ प्रहरी लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले भारतीको घरमा शनिबार बिहान छानविनको क्रममा लागूऔषधको केही मात्रा भेटिएपछि उनीहरुलाई पक्राउ गरेरसोधपुछ गरेको बताइएको छ ।
भारतीलाई मुम्बइको अँधेरीस्थित अपार्टमेन्टको अगाडि रातो मर्सिडिजमा र हर्षलाई सेतो भ्यानमा लैजाँदै गरिएको भिडियो र फोटो यतिबेला सोसल मिडियामा भाइरल बनेका छन् ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि मुम्बइ प्रहरीले थुप्रै बलिउडकर्मीहरुमाथि लागूऔषध विरुद्ध छानविन तथा सोधपुछ गर्दै आएको छ।




















