दुनियाकै अनौठो द्वीप, जहाँ जान कोरोना संक्रमितले मात्रै अवसर पाउँछन्।

एजेन्सी:= नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसबाट संक्रमीत हुनेको दर ह्वात्तै बढेको देखिन्छ छ । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको बृद्धिदर डरलाग्नेगरी बढेका बेला कोरोना भाइरसका कारण संसारमा दुई करोडभन्दा बढी व्यक्ति संक्रमित छन् भने लाखौंले ज्यान गुमाएका छन् ।

कोरोनाले गर्दा शहरहरु लकडाउन छन् । पर्यटकीय स्थल बन्द भएका बेला विश्वलाई चकित पार्दै ब्राजिल सरकारले देशको एक द्वीप पर्यटकका लागि खुला गरेको छ ।

जहाँ कोरोना संक्रमितले मात्र प्रवेश पाउनेछन् । जहाँ जानका लागि कोरोना संक्रमितले केही शुल्क तिर्नुपर्नेछ ।