[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) ले संक्रमित हुनेको संख्या ४७ हजार ४१७ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ३०९ जना पुगेको छ।
आज नोभेम्बर १५ तारिख , आइतबारको दिन कोरोनाको कारण आज थप ३ जना नागरिकको मृत्यु भएकोले बढेर जम्मा मृत्यु हुनेको संख्या ३०९ जना पुगेको हो। आजमात्रै पुनः १,२०४ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज १,०१३ जना निको भएसंगै जम्मा ३४ हजार ७८५ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म १२ हजार ३२३ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने १०४ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।
यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या पुनः बढ्दै गैइरहेको देखाउछ। नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा अच्चानक पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, एरियामा आवागमन नियन्त्रण आदेश , लकडाउन कडाइका साथ जारी गरेको छ।
अहिले कोरोना जोखिम उच्च रहेको ठाउँ क्वालालम्पुर , सेलाङ्गर , पुत्राजाया , साबाह , सारावाक लगायतकोमा कन्डिसनल एमसिओ कडाईका साथ जारी लागू गरिएको साथै ठाउँ ठाउँमा रोड ब्लक गरेर आवतजावत गर्नेहरुलाई चेकजाँचमा कडाइ गरिएको मलेसिया सरकारले बताईसकेको छ। एसओपि पालना नगर्ने हरु लाई कडा कारवाही गरिने समेत यहाँको सरकारले बताएको छ।




















