[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको केलाङ शहरमा अवस्थित नेपाली रेष्टुरेन्टमा काम गर्ने एकजना भारतियमुलको नेपाली युवतीमाथी धारिलो चक्कु प्रहार गरि हत्या गरेको छ।
दर्शन नमस्ते नामक नेपाली रेष्टुरेन्टमा कार्यरत पासपोर्टको नाम आईतमाया मगर र फेसबुकबाट चर्चित भएकी नाम चाहिँ आरती मगर नामक युवतीमाथी नेपाली युवाले आक्रमण गरि धारिलो चक्कु प्रहार गरेर हिजो बुधबार साझको समयमा करिब ०७:५० बजेतिर हत्या गरेको प्रत्येक्षदर्शी एक नेपालीले बताएको छ।
रेष्टुरेन्टभित्रै बसेर मादक पदार्थ (रक्सी) सेवन गरिरहेको ति युवाको पहिचान अन्ततः खुलेको छ। नेपाल ठेगाना धनकुटा जिल्ला , मुगा-६ निवासी गणेश बहादुर कार्की नाम गरेका युवा आफैंले भारत सिक्किम निवासी नेपाली पासपोर्टधारी युवती आरतीसंग वादविवाद गर्दै ति युवाले आरतीको घाटीमा धारिलो चक्कु प्रहार गरि ज्यान लिएको र अहिले आफुपनि रक्सीको नशाले बेहोस भैइ अचेत अवस्थामै स्थानीय हस्पिटलमा प्रहरीको निगरानीमा उपचार भैइरहेको र हत्यारा होशमा आएपछि प्रहरीले थप सोधपुछ गर्ने जानकारी आएको मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले मलाया खबरलाई बताउनुभयो।


अधिकृत बुढाका अनुसार प्रहरीले हत्यारालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक थप अनुसन्धान गरिरहेको र मृतक युवतीको शव पोस्टमार्टमको लागी अस्पताल लगिएको बताएको छ । त्यस्तै यता गणेश कार्यरत रोजगारदाता कम्पनीले पनि घटनाबारे थप बुझ्नको लागी आफ्नो कामदार गणेशको सक्कली पासपोर्ट सहित प्रहरी चौकीमा पुगेको बताए।
हत्या भएकी युवती बिगत ५,६ बर्षदेखी रेष्टुरेन्टमा कार्यरत रहदैआएको जनाएको छ , भने हत्यारा गणेश बहादुर कार्की पनि बिगत ६ बर्षदेखी केलाङ्गमै अवस्थित एक म्यानुफ्याक्चरिङ्ग कम्पनीमा कार्यरत रहेको दूतावासले जनाएको छ। साथै ति दुईजना युवा-युवती बिच पुरानो प्रेम सम्बन्ध रहेको खुल्नमा आएको छ।



















