यस बर्ष तिहारको गीतमा विवाद छल्ने कोसिसमा गायक दुर्गेश थापा।

काठमाडौं:= गत वर्षको तिहारमा ‘हृयाप्पी तिहार’ बोलको गीत सार्वजनिक गर्नुभएका गायक तथा मोडल दुर्गेश थापालाई विभिन्न झमेला झेल्नुप¥यो । तिहार पर्वका लागि बनाइएको गीतमा प्रयोग गरिएको शब्द तथा माद्यक पदार्थको प्रचार गरेको भन्दै प्रहरीको झमेलामा पर्नुपरेको थियो ।

यसैबीच यस वर्ष पनि त्यसै गीतको शैलीमा दुर्गेश थापाको ‘हृयाप्पी तिहार २’ गीत सार्वजनिक गरिएको छ । तर यसवर्ष दुर्गेशले गीत विवादमा आउने डरले शैली केही परिवर्तन गरेको देखिन्छ । कोभिड १९को समय भएकाले गीतमा ‘हृयाप्पी तिहार कोरोना लाष्टै बढेको छ टेक केअर’ भन्दै गीत सुरु गर्नुभएको छ । यसले प्रसासनको मुख थुन्न खोजेको देखिन्छ । गत वर्ष ‘हृयाप्पी तिहार चिसो बियर’ भन्दै डान्सरहरूले हातमा वियरका बोटलहरू लिएका थिए । त्यसकारण गीत विवादमा परेको थियो । अहिले भने प्रशासनको झमेलाबाट बच्न दुर्गेशले नयाँ शैली अपनाएको देखिन्छ ।

गीतको भिडियो दरबारमार्गको एक क्लबमा खिचिएको छ । भिडियोमा दुर्गेशसहित नायक पल शाह, योगेश काजी र कोरियोग्राफर शिव विकको मुख्य नृत्य छ । गीतमा भने दुर्गेशकै शब्द तथा संगीत छ । गीतमा दुर्गेशसँगै योगेश काजीको स्वर छ । एरेञ्ज सहस शाक्यको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गर्नु भएको छ ।