कोरोना भाइरसको संक्रमण बढेकोले मलेसियाको जोहोरबारु रेड जोनमा।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको जोहोर राज्यमा कोरोना भाइरस ( कोभिड-19 ) को संक्रमणमा बढ्न थालेपछि जोहोरबारु जिल्लालाई रेड जोनमा परेको घोषणा गरेको छ ।

कोभिड-१९ का विरामीको संख्यामा लगातार वृद्धि भएका कारण सो क्षेत्र रेड जोन (खतरा) मा परेको हो । जोहरमा पछिल्लो १४ दिनमा ४० भन्दा बढी कोरोनाका विरामी फेला परेका छन् ।

जोहरबारुका स्वास्थ्य तथा वातावरण प्रमुख आर.विद्यानन्दनले आगामी दिनमा कोभिडका विरामीको संख्या बढ्ने अनुमान सहित जोहरबारुलाई रेड जोनमा राखिएको बताए । सो क्षेत्रमा देखिएका कोरोनाका विरामी परिवार भित्रका तथा कार्यथलोमा र केहि बिद्यार्थीहरुमा समेत संक्रमित देखिएका छन् ।

[photo and news source : Thar star online / Johor Health and Environment Committee chairman R. Vidyananthan]

बिहिवार मात्र सो जिल्लामा १० जना नयाँ संक्रमित देखिएका छन् । त्यसैले सो क्षेत्रमा थप परीक्षण सुरु गरिने र आवश्यकता अनुसार आवतजावतमा,भिडभाडलाई नियन्त्रण गर्न कडा कानुन,एसओपी लागूगर्ने स्वास्थ्य प्रमुखले जानकारी दिएका छन् ।