जनउद्धार केन्द्र लभलेन सम्पर्क समितीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

[ दिनेश खड्का खप्तडि ]

क्वालालम्पुर ( मलेसिया ):= जनउद्धार केन्द्र मलेसिया लभलेन सम्पर्क समिती पेनाङ ले नेपाली हिन्दुधर्मावलम्बीहरुको चाडपर्व दशैं तिहार तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

लभलेन सम्पर्क समितीका अध्यक्ष बालकृष्ण भण्डारीको अध्यक्षतामा भएको हिन्दुहरुको महान् चाँड विजया दशमी, शुभ दीपावली तथा छटपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा समाजमा आबद्ध रहेका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको सचिव प्रियतम थापाले बताए।हिन्दुहरुको महान् चाड दशै तिहारले एक अर्कामा आत्मीयता, सद्भाव सधैं एकजुट हुनु पर्ने उपस्थितिहरुले जोड दिएका थिए।

कोरोना भाइरस अर्थात कोभिड १९ को कारण बिगत झै बाक्लो उपस्थितिमा मनाउन नसके पनि बर्तमान परिस्थितीमा खुशी साटासाट गर्दै रमाइलो गरि कार्यक्रम सम्पन्न गरेको अध्यक्ष बालकृष्ण भण्डारीले बताए । देश तथा प्रवासमा रहेका समस्त नेपाली हरुलाई जहा छौ त्यहि सुरक्षित रुपमा दशैं तथा तिहार मनाउन समाजले सम्पुर्ण नेपाली हरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।