काठमाडौं:= भारतले सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमण मिति तय गरेको छ । भारतीय सेनाले तय गरेको मिति अनुसार नर भानेले यहि नोभेम्बर ४ तारिखबाट ३ दिने नेपाल भ्रमण गर्नुहुने भएको हो । यस अघि नेपाली सेनाले भातीय प्रमुख प्रमुख नरभानेलाई नेपाल भ्रमणका निमन्त्राणा गर्ने तयारी भइरहेकाे बताएको थियो।
बिगत झैँ नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल भ्रमणमा आउन लाग्नुभएको हो। यसअघि नै नेपाल भ्रमण हुनुपर्नेमा कोरोना महामारी र नेपाल भारत सीमा बिवादका कारण रोकिएको थियो । नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलोचना भएको थियो।

उनले सो बिवादास्पद क्षेत्रलाई इंगित गर्दै नेपालले अरुको इसारामा लिपुलेकको मुद्दा उचालेको आरोप लगाएपछि नेपालको उच्चतहबाट नै उनको अभिव्यक्ति प्रति आपत्ति जनाइएको थियो । त्यसपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न सरकारलाई जन स्तरबाट दवाब समेत परेको थियो । पछि नरभानेले आफ्नो अभिव्यक्ति सच्याउँदै नेपालप्रति नरम भाषा प्रयोग गर्ने प्रयास गरेका थिए।
यद्धपि यसअघि २०७६ माघ २० गतेको मन्त्रिपरिषद बैठकले नरभानेको भ्रमण स्वीकृत गरिसकेको थियो । त्यस्तै नेपालका तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले २०७५ पुस २९ पुस गते नै भारतको भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान लिइसकेका छन् । त्यस्तै २०७६ माघ २० कै मन्त्रिपरिषद बैठकले इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ।




















