मनोज र अन्नुको नयाँ थारु गीत ‘तोर मायाक सागरमा’ सार्वजनिक (भिडियो सहित)।

चितवन := चितवनका चर्चित गाएक मनोज महतो र गायिका अन्नु चौधरीको स्वरमा सजिएको ‘तोर मायाक सागरमा’ बोलको नयाँ थारु गितको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।

बहुप्रतिभाको धनि निर्देशक,नृत्य निर्देशक,मोडेल हिरा चौधरीको शब्द , मनोज महतोको संगीत , स्वर मनोज महतो र अनु चौधरीको रहेको छ, भने गीतमा देब महतो र नायिका सृष्टि खड्काको अभिनय रहेको छ । दशैँको शुभ अबसर पारेर अन्य पनि थारु संस्कृतिका गितहरु सार्वजनिक भईरहेको समयमा चितवन निवासी महतो ले उक्त गित सार्बजनिक गरेका हुन्।

अन्य गीतहरुमा स्थानिय स्तरमानै गीतको छायांकन हुने भए पनि यस गीतमा भने चियाका लागी प्रसिद्ध इलामको चिया बारी तथा चितवनको पर्यटकिय स्थल सौराहा तथा नारायणी नदि किनारमा पनि केहि भाग छायांकन गरिएको निर्देशक हिरा चौधरीले बताए।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :